शिक्षामा भागवण्डा, लाचार विश्वविद्यालय र निरिह विद्यार्थी

अाफ्नै घरमा आगो लाउने ईच्क्षा त कस्को हुन्छ र! तर घर भित्रको काममै उदण्डता देखिन थालेपछि पक्कैपनि परिवारका सदस्यहरुले सधै धैर्य गर्न सक्दैनन्, त्यसपछि उनिहरु सँग एउटै बिकल्प बाँकि हुन्छ, बिद्रोह!

शिक्षा क्षेत्रमा विशिष्ठता हासिल गर्ने कार्यमा लाग्न पर्ने विश्वविद्यालयहरु, न्युनतम कार्यमा पनि धेरैनै पछि पर्नु त्यसका पधाधिकारीको गैर जिम्वेबारी भन्दा अरु केहि होइन। गुणस्तरिय शिक्षाको उद्देश्यको साथ बिद्दार्थी भर्ना लिएपछि तिनिहरु प्रतिको जिम्वेवारी बोध नगर्नु र अान्तरिक भागभण्डाको कलहमा लाग्नु अहिले नेपालका कुनै पनि विश्वविद्यालयको लागि अछुतो विषय रहेन। केहि हद सम्म काठमाडौँ विश्वविद्यालय बाहेक अरु कुनै पनि विश्वविद्यालय अाफ्नो शैक्षिक तालिका अनुरुप चलेको भन्ने खबर मेरो जानकारीमा छैन। हुन त विश्वविद्यालयको शैक्षिक गतिबिधिलाई नियालेर सहि दिशामा हिडाउन अभिभावक हुन पर्ने नेपाल सरकार, शिक्षा मन्त्रालय विश्वविद्यालयको जन्मदर बढाउनमै ब्यस्त छ, उसको रेकर्डमा नेपालमा विश्वविद्यालयको संख्या नौ पुगेको छ तर स्थापित विश्वविद्यालयले कसरी र के कति योगदान दिईरहेका छन् अझ सञ्चालनमा नै छन कि छैनन् भन्ने सम्म पनि मन्त्रालयलाई सायद थाहा छैन। भौतिक तथा बौद्धिक आधार नभई खुलेका विश्वविद्यालयको अवस्था कस्तो हुन्छ भन्ने हामी सबै बिद्दार्थीलाई नौलो छैन।

हुन त ‘सय थरी बाजा एउटै ताल’ भनेझै सबैको ताल उस्तै हो तर अहिले कुरा गर्न लागिएको विश्वविद्यालय हो, कुनैबेलामा नेपालको तेश्रो विश्वविद्यालय मानिएको पूर्वान्चल विश्वविद्यालय। थाहा छैन कुरा कता बाट सुरु गर्नु तर समस्यै समस्याले ग्रसित विश्वविद्यालयको को बर्णन गर्नुपनि महानतानै हो … 😉

समस्याका केहि रुपरेखा:

– पूर्वान्चल विश्वविद्यालयको गैरजिम्मेवारीका कारण हजारौ विद्यार्थीको भविष्य अन्यौलमा परेको विद्यार्थीहरुले आरोप ।
विश्वविद्यालयमा शैक्षिक कार्यक्रमकै अभाव ।
– परिक्षा दिएको एकवर्ष सम्म पनि परिक्षाफल प्रकाशित नगरेपछि विद्यार्थीहरु विश्वविद्यालय प्रशासनसँग आक्रोशित ।
– ढिला गरि निकालिएको परिक्षाफलमा चरम लापरबाहि ।
– बियरको चुस्कीसँगै होटलमा उत्तरपुस्तिका जाँचेको भेटिएपछि, पूर्वान्चल विश्वविद्यालयको शैक्षिक गुणस्तरीयतामाथि गम्भीर प्रश्न ।
– परीक्षाको कोडिङ्मेसिन तथा उत्तरपुस्तिका पदाधिकारीका नातेदारका घरबाट बरामद ।
– पूर्वान्चल विश्वविद्यालय सम्पर्क कार्यलयमा तालाबन्दि, सम्बन्धित कलेजहरुमा पनि तालाबन्दि गर्ने विद्यार्थीको धम्कि ।
– विश्वविद्यालयको अत्याधुनिक भवन, ल्याब र कक्षा सन्चालनकालागि आवश्यक सम्पूर्ण उपकरण हुँदाहुँदै पनि त्यसलाई बेवारिसे बनाएर उपकुलपति रामाबतार यादवले विराटनगरमा भाडामा घर लिएर विश्वविद्यालय सन्चालन गर्नु खराब नियतको पराकाष्ठा, आफ्नै भवनमा कार्यालय नसारे विश्वविद्यालयलाई अनिश्चितकालको लागी बन्द गर्ने चेतावनी ।
– पूर्वान्चल विश्वविद्यालय हदै सम्म बिग्रेको शिक्षामन्त्रिको स्विकारोक्ति ।

अादि अादि …

उफ् सुन्दा नै दिक्क लाग्ने! अब त जो कोहि ले सजिलै अनुमान गर्न सक्छ कि अहिले पूर्वान्चल विश्वविद्यालय कुन अबस्थाबाट गुज्रेको छ। यस्तो चरम लापरवाहि हुँदा हुँदै हामी गुणस्तरिय शिक्षाको अाशा कसरी गर्न सक्छौँ र! माथि उल्लेखित समस्याहरु भर्खर उत्पन्न भएका पक्कै पनि होइनन्। झण्डै ४-५ बर्षदेखि सुरु भएको यो समस्याको जालो अहिले यति जेलिएको छ कि अब यो समस्या सुधार गर्न सानो प्रयासले केहि हुने सम्भावना छैन। देशको एउटा विश्वविद्यालयमा यस्ता कुरा भइरहनु मुलुककै बौद्धिक समुदायका लागि लज्जाको विषय हो। अाफ्नो भबिष्य निर्माणको सुनौलो सपना लिएर विश्वविद्यालयमा प्रबेश गरेका हजारौं बिद्दार्थीहरुले यस्तोकुरा कदापि सहन सक्दैन्।

विश्वबिद्यालय स्थापनाको केहि मापदण्ड पक्कै पनि होला तर अहिले नेपालमा विश्वविद्यालयको मान्यता पाउन चाहिने भौतिक तथा शैक्षिक पूर्वाधारबाट कति विश्वबिद्यालय भरिपुर्ण छन् भन्ने जाँच नहुनु पनि सायद सायद समस्याको जड हो। पूर्वान्चल विश्वविद्यालयको अवस्था यस्तो लथार्लिङ्ग हुँदा सुधार को कुनै कदम नचालि मुक दर्शक बन्ने शिक्षा मन्त्रालय को नियत माथि पनि विध्यार्थीले प्रश्न उठाउनु अब कुनै अाश्चर्यको विषय भएन। पाँच विकास क्षेत्रमा एक-एकवटा विश्वविद्यालयको स्थापना गर्ने सरकारी अवधारणा हामीले धेरै पहिला देखि सन्चार माध्यममा सुनेकै हौँ तर त्यहि अनुरुप स्थापना भएको पूर्वान्चल विश्वविद्यालयलाई राज्यले खासै ध्यान नपुर्याउ्नु निकै नै दुख लाग्दो बिषय हो। उच्चपदाधिकारीको नियुक्तिमा भागभण्डा गर्नु शिवाय राजनैतिक पार्टीको समेत अरु केहि उपति छैन, भागभण्डा पछि पनि केही पदाधिकारीहरू नियुक्त गरेर विश्वविद्यालयलाईनै बिर्सने खराब नियतको परिणाम हेर्न पूर्वान्चल वि.वि. काफी छ। बिद्दार्थीहितको लागि राजनिति गर्ने भन्ने बिभिन्न पार्टीहरुका बिद्दार्थी संगठन पनि अा-अाफ्नै दुनो सोझ्याउनमै ब्यस्त देखिन्छन, उनिहरुपनि आफ्नो माऊ पार्टी सरह ठुलो पदको लडाईँमै मस्त छन। विश्वविद्यालयमा राजनितिक चलखेल धेरै हुँदा बन्द, तालाबन्दी, तोडफोड, आन्दोलन जस्ता घटना सामान्य बनिसकेका छन्। राजनितिले खोक्रो बनाउदैँ लगेको त्रिभुवन वि.वि. कै बाटोमा पूर्वान्चल पनि अघि बढिरहेको छ। यो भनेर मैले राजनीतिको बिरोध गरेको पक्कै पनि हैन। राजनीति अाफैँमा नराम्रो होइन पनि, तर जब राजनीतिमा खराब नियतले डेरा जमाउँछ अनि त्यहाँ राम्रा भन्दा नराम्रा कुराहरु नै हाबि हुन थाल्छन् भन्ने मेरो बुझाइ हो।

यो भएन! त्यो भएन! भन्ने हामी नेपालीहरुको धेरै पहिला देखिको बानी हो, अर्काको गल्ति देखाउन धेरैले सक्छन् तर समस्या केलाएर समाधानको उपायको खोजी गर्नु बुद्दिमता पुर्ण हुन्छ। बिग्रदो अबस्थालाई सुधार गर्नु नयाँ काम गर्नु भन्दा कैयौँ गुणा असहज हुन्छ। अवस्था नाजुक हुनुमा केही कारण त पक्कै छन्, कुनै बाहिर देखिएका होलान् त कुनै लुकेका। कसैको घर बिग्रनुमा मुख्य दोषी त्यो घरको मुलिनै हुन्छ किनकी परिवारका सदस्य विचमा सामान्जस्य पूर्ण वातावरण सिर्जना गर्नु घरको मुख्य ब्यक्तिकै काम हो। हजारौँ बिद्दार्थीको शैक्षिक घर पूर्वान्चल विश्वविद्यालयको अबस्था बिग्रनुमा पनि कुलपति, उपकुलपति तथा खराब नियतबाट प्रेरित नालायक कर्मचारीको हात छ! भन्नुमा बिद्दार्थीहरुलाई कुनै हिचकिचाहट छैन, झुटो टिक्दैन अनि सत्य लुक्दैन। कुनै बर्ग बिशेषलाई खुसि पार्न ल्याइएका नालायक कर्मचारीको मनोमानी नरोकिउन्जेल सुधारको कुनै घण्टि बज्ने संभाबना छैन किनकी खराब नियतको ब्याक्तिले जुनसुकै बेला अाफ्नो खराब औकात देखाउन सक्छ। विश्वविद्यालयको प्रशासनिक क्षेत्रमा प्रमुख सुधार नल्याउन्जेल शैक्षिक क्षेत्रको सुधारको कल्मना गर्नु बालुवामा पानी हाल्नु सरह हो। कुनै बैङ्कको अार्थिक अबस्थामा केही समस्या उत्पन्न भएमा राष्ट्र-बैङ्कले नेत्रित्व लिएर सुधारको बाटोमा लानु जस्तै शैक्षिक क्षेत्रमा पनि सोहि अनुसारको जिम्वेबारी सहित गैर राजनीतिक ब्यवस्था गरिनु नितान्त जरुरी भएको छ।

हुन त जे कुरा पनि सुधारका लागि अत्यावस्यक साधन ‘अर्थ’ हो, नेपालका धेरै शैक्षिक संस्थाहरु यसकै कारणले सुधार हुन नसकेको घटनापनि यदा कदा सुनिन्छ तर पूर्वान्चल विश्वविद्यालय यो समस्याबाट पक्कै पनि पिडित छैन किनकी विद्दार्थीबाट लिइने महँगो सम्बन्धन लगायतका अन्य शुल्कहरुमा नै भ्रष्टाचार भएको घटना हामीले सुनिसकेका छौँ। भ्रष्टाचार गर्न तम्साउने तेस्रो नेत्र ‘अर्थ’ विना पक्कै पनि खुलेन होला। विश्वविद्यालयमा बिगतमा भएका अान्दोलनहरुले पनि खासै संझन लायक सुधारको संकेत देखाएका छैन। सायद ति अान्दोलनहरुलाई विश्वविद्यालय प्रशासनले वाछिटाको रुपमा मात्र लिएको हुन सक्छ, तर घरको रंग खुइलाई सकेको त्यहि वाछिटा धेरै परिरह्यो भने त्यसले घरको पर्खाल भत्काउन पनि सक्छ भन्ने कुरा अब विश्वविद्यालयले बुझ्नु जरुरी छ। त्यसका साथै शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन पूर्वान्चल विश्वविद्यालयकै सम्बन्धनमा खोलिएका कलेजको प्रशासनपनि समस्या समाधानमा गम्भिर रुपमा लाग्नु पर्ने तड्कारो अावस्यकता छ। त्यस्तै गरि विश्वविद्यालय प्रशव बेथामा रहेको वर्तमान अवस्थामा राजनैतिक रुपमा प्रेरित बिद्यार्थी संगठनले पनि ‘तँ यो दे अनि म यो दिन्छु’ भन्ने वार्गेनिङ् गर्नु भन्दा समस्याहरुको बैचारिक समाधान खोज्नुनै उनीहरुको पनि हितमा हुनेछ।

भिरबाट लड्न लागेको गाईलाई राम राम मात्र भन्न सकिन्छ तर काधँ थाप्न सकिन्न” भन्ने नेपाली उखान त छ तर यहाँ लड्न लागेको गाई लडोस् भनेर चुप लाग्ने अवस्था छैन। काँध थाप्न नसकेपनि सबै मिलेर तान्न त सकिएला नि! अोर्लौ सबैजना … … …

Leave a Reply